यस्तो छ फिल्म ‘पिताम्बर’को दोस्रो टिजर

सोमबार, २६ फागुन २०८१, १३ : २४

काठमाडौं - अभिनेता प्रदीप खड्काको ३३औँ जन्मदिनको अवसरमा फिल्म ‘पिताम्बर’को टिजर सार्वजनिक गरिएको छ। टिजरमा उनलाई ‘सुपरस्टार’को ट्याग समेत दिइएको छ ।

करिब एक मिनेटको टिजरमा उनका दृश्यले मात्र प्राथमिकता पाएका छन् । समेटिएका केही दृश्यमा उनको एक्सन रहेको छ भने केहीमा उनी सामान्य अवस्थामा छन् । 

नयाँ वर्षको छेको पारेर आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउने फिल्ममा प्रदीपका अलवा दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष लगायतको अभिनय छ ।
 

 

सोमबार, २६ फागुन २०८१, १३ : २४

प्रतिक्रिया