काठमाडौं - फिल्म ‘हेल्लो काशीराम’ को फष्टलुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले फष्टलुक्समा फिल्मको एक पोस्टर बाहिर ल्याएको हो ।
जसमा प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । पोस्टरमा निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगामी २०८२ जेठ २ गतेलाई तय गरेको छ ।पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । जसले दर्शकलाई फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ ।
फिल्ममा दिलीप रायमाझीसँगै सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायाललगायतको अभिनय छ ।
फिल्मको निर्देशन रिम विश्वकर्माले गरेका हुन् । फिल्ममा दर्शकले चर्चित अभिनेत्री प्रियंका कार्कीलाई विशेष गेस्ट रूपमा देख्न पाउनेछन् । रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन रिमा विश्वकर्माले गरेका हुन् ।
यसका निर्माता पीबी थापा रहेका छन् भने यम आलेले फिल्म खिचेका हुन् । डेढ करोडको लागतमा निर्माण भएको फिल्ममा मित्रडी गुरुङको सम्पादन छ ।
प्रतिक्रिया