'भिजिट नेप्से' कार्यक्रम हुँदै, विद्यार्थीहरूका लागि आवेदन खुला

सोमबार, २६ फागुन २०८१, १६ : ५३

काठमाडौं - नेपाल स्टक एक्सचेन्जले आगामी Global Money Week 2025 को अवसरमा विद्यार्थीका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना गर्ने भएको छ।

यस कार्यक्रम मार्फत विद्यालय तहका विद्यार्थीहरूलाई नेपाल स्टक एक्सचेन्ज र पुँजी बजारसम्बन्धी ज्ञान प्रदान गरिनेछ। कार्यक्रम २०८१  चैत्र ४ देखि १० (मार्च १७-२३, २०२५) सम्म सञ्चालन गरिनेछ। कक्षा १२ सम्म अध्ययनरत इच्छुक विद्यार्थीहरूले २०८१ साल फागुन ३० गतेभित्र अनलाइन फाराम भरेर आवेदन दिन सक्नेछन्।

फाराम भर्ने विद्यार्थीहरूलाई पहिले आवेदन दिने आधारमा प्राथमिकता दिइने नेप्सेले जनाएको छ।नेप्सेले यो कार्यक्रम विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिन तथा नेपालकै स्टक एक्सचेन्जबारे प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले आयोजना गरेको हो। इच्छुक विद्यार्थीहरूका लागि नेप्सेले अनलाइन आवेदनको सुविधा उपलब्ध गराएको छ। 

आवेदन दिन यहाँ क्लिक गर्नुहोस्ः

सोमबार, २६ फागुन २०८१, १६ : ५३

प्रतिक्रिया