सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ३९ हजार कित्ता सेयर बिक्रीमा

मंगलबार, २७ फागुन २०८१, १० : २५

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ३९ हजार ९८४ कित्ता सेयर बिक्रीमा राखिएको हो।

यो सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद निवेदन दिन सक्नेछन्। सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिन बैंकले आग्रह गरेको छ। 

यो अवधिभित्र इच्छुक संस्थापक सेयरधनीले काठमाडौंको बालुवाटरस्थित बैंकको केन्द्रीय कार्यालयमा गएर सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
 

मंगलबार, २७ फागुन २०८१, १० : २५

प्रतिक्रिया