काठमाडौं - साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)०.८८ अंकले बढेको छ ।
यससँगै सूचक २७५२.३१ विन्दुमा कायम भएको छ । मंगलबार २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको २४ हजार ३ सय ९५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ६७ वटा कारोबार भएको हो । १७ कम्पनीको मूल्य बढ्दा २१ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
प्रतिक्रिया