काठमाडौं - हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्नो ३१ औं वार्षिक साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा सम्पन्न गरेको छ।
सभाले आर्थिक वर्ष २०८०\८१ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको कुल ८.७ प्रतिशतले हुने आउने २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।
प्रतिक्रिया