काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य समायोजन भएको छ ।
आज, सिटिजन लाइफ इन्स्योरेन्सको २६.९८४१ प्रतिशत बोनश सेयर प्रतिकित्ता ७२५ रुपैयाँका दरले समायोजन भएको हो । साथै, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनश सेयर प्रतिकित्ता १९८९ रुपैयाँका दरले समायोजन भएको छ ।
यी दुबै कम्पनीको समायोजन भएको सेयर भोलिदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।
प्रतिक्रिया