एक कम्पनीको लिलामी सेयर खरिद गर्ने आज अन्तिम दिन

बुधबार, २८ फागुन २०८१, १० : ३७

काठमाडौं - ङादी ग्रुप पावर लिमिटेडले फागुन २० गतेदेखि लिलाम मार्फत बिक्रीमा राखेको ८ लाख ७३ हजार ६१ दशमलव २५५ कित्ता सेयर खरिदका लागि आवेदन दिने आज २८ गते अन्तिम दिन रहेको छ।

यो सेयर खरिदका लागि सबैले आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।

इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत तोकेर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। यस्तो बोलपत्र नक्सालस्थित सिद्धार्थ क्यापिटलका साथै सिद्धार्थ बैंकका विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा पाइनेछ।

कम्पनीको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ।
 

बुधबार, २८ फागुन २०८१, १० : ३७

प्रतिक्रिया