काठमाडौं - विशाल बजार कम्पनीको यही फागुन २८ गते आयोजना हुने साधारण सभा पाटन उच्च अदालतको अन्तरिम आदेशपछि स्थगित भएको छ। जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेपछि कम्पनीको साधारण सभा रोकिएको हो।
गत माघ २८ गते सञ्चालक समितिको बैठकले कम्पनीको पाँच वर्षे साधारण सभा एकैपटक डाक्ने निर्णय गरेको थियो। यस निर्णयअनुसार फागुन २८ गते बिहान ११ बजे काठमाडौंको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सभा आयोजना गर्ने तयारी गरिएको थियो।
तर, सेयरधनी सुनिलकुमार शाक्यले कम्पनीको उक्त निर्णयलाई सेयरधनीहरूको हित विपरीत भएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। शाक्यको रिट दायरपछि अदालतले उक्त साधारण सभा रोक्नको लागि अन्तरिम आदेश जारी गरेको हो।
प्रतिक्रिया