कामना सेवा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

बुधबार, २८ फागुन २०८१, १२ : २१

काठमाडौं - कामना सेवा विकास बैंकको ९७ हजार ७९३ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेस गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । 

आवेदकले प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

बुधबार, २८ फागुन २०८१, १२ : २१

प्रतिक्रिया