काठमाडौं - बेष्ट फाइनान्स कम्पनी लिमिटेडलेले संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन गर्ने भएको छ । हाल कम्पनीमा संस्थापकको ६१.४२ प्रतिशत र सर्वसाधारणको ३८.५८ प्रतिशत सेयर स्वामित्व छ ।
सेयर संरचना परिमार्जन गरी संस्थापकतर्फ ५१.४२ प्रतिशत र सर्वसाधारणतर्फ ४८.५८ प्रतिशत कायम गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीको गत कात्तिक १४ गते बसेको २७औं वार्षिक साधारण सभाले सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो ।
यसलाई नेपाल राष्ट्र बैंकले पनि अनुमति दिएपछि कम्पनीले सेयर संरचना परिवर्तन गर्न लागेको हो ।
प्रतिक्रिया