१७.२८ अकंले बढ्यो नेप्से, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

बुधबार, २८ फागुन २०८१, १५ : ११

काठमाडौं - साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.२८ अकंले बढेर २७३६.४८ को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३२३ कम्पनीको २ करोड २९ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २३ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन बजारमा हरियाली आउदाँ  ११ उपसूचकमा हरियाली आएको छ । आज विकास बैंकको ०.३३ प्रतिशत र माइक्रोफाइनान्स समूहको ०.२७ प्रतिशतले शेयर मूल्य घटेको छ ।
12

Capture


सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५६ करोड चार लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्टक्चरको ४९ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै आज घलेम्दी हाइड्रोपावरको३९ करोड रुपैयाँको कारोबार भएको हो ।

Capture

बुधबार, २८ फागुन २०८१, १५ : ११

प्रतिक्रिया