बाहुबलीका हिरो प्रभाश र सलमान सँगै फिल्म खेल्दै

बुधबार, २९ जेठ २०७६, १२ : ०४

एजेन्सी– चर्चित फिल्म ‘बाहुबली’का अभिनेता प्रभासको आगामी फिल्म ‘साहो’को चर्चा हुन थालेको छ। यो खबर अभिनेता सलमान खानका फ्यानहरुलाई पनि खुसी दिने खालको छ।

एक्सन ड्रामा बेसको प्रभासको यो फिल्ममा सलमान खानले पनि अभिनय गर्दैछन्। फिल्म निर्माताहरुले बलिउड फिल्मका हस्ति खानलाई अतिथि कलाकारको रुपमा प्रस्ताव गरेका छन्।

फिल्मको सुटिङ लगभग पूरा भइसकेको छ। फिल्मको लुक, पोस्टर र टिजरसमेत रिलिज गरिसकिएको छ। यदि सलमान अतिथि कलाकारका रुपमा फिल्ममा जोडिन माने भने उनको भागको सुटिङ गरि थप गरिनेछ।
 

बुधबार, २९ जेठ २०७६, १२ : ०४

प्रतिक्रिया