आज देशभर सार्वजनिक बिदा, सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द

विहीबार, २९ फागुन २०८१, १० : ०५

काठमाडौं - आज रङहरुको पर्व होली, अर्थात् फागु पूर्णिमा मनाइँदै छ। हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लास पूर्ण मनाउने गरिन्छ।

सोही अवसरमा आज सार्वजनिक बिदा हुने गर्दछ । यसैले आज बैंक, बीमा कम्पनी, सेयर बजार र सरकारी कार्यालयहरू बन्द रहनेछन्।

बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक हप्ताअघि काठमाडौँको वसन्तपुरमा चीर ठड्याएर सुरु हुन्छ। तीनतले चीरको टुक्रा झुन्ड्याउने र रंगीचंगी कपडाले सजाइएको चीरलाई प्रतिष्ठित स्थानमा राखेर यो पर्वको आरम्भ गरिन्छ।

आजको दिन पहाडी जिल्लाहरूमा विशेष रूपमा उल्लासपूर्ण वातावरण पाइन्छ। मानिसहरू आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै पर्व मनाउँछन्। यस पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व पनि अत्यधिक छ।

धार्मिक दृष्टिकोणले होली पर्व असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ। त्रेता युगमा भगवान् विष्णुका परम भक्त अर्थात् हिरण्यकश्यपुका पुत्र प्रहलादलाई उनकै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैँ आगोमा भष्म भएकी थिइन्, त्यस कारण यो दिन होलिकाको दहन गरिन्छ ।

विहीबार, २९ फागुन २०८१, १० : ०५

प्रतिक्रिया