एक कम्पनीको नगद लाभांश सेयरधनीको  खातामा

विहीबार, २९ फागुन २०८१, १० : ४५

काठमाडौं - हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले फागुन २७ गतेको साधारण सभाबाट पारित ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित सेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको छ।

नेप्सेमा फागुन १३ गतेसम्म कायम सेयरधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्नेछन्। साथै सेयर अभौतिकीकरण नगरेका सेयरधनीलाई यथाशीघ्र गर्न पनि कम्पनीले आग्रह गरेको छ। साथै डिम्याट खातामा बैंक खाता अद्यावधिक नभएको खण्डमा अद्यावधिक गर्न समेत सेयरधनीलाई आग्रह गरेको छ।

फागुन १३ गतेसम्म सेयर धितो राखेर ऋण लिएका सेयरधनीले ऋण लिएको वित्तीय संस्थाबाट एनओसी वा फुकुवा पत्र पेस गरेपछि मात्रै लाभांश पठाइने कम्पनीले जानकारी दिएको छ।

विहीबार, २९ फागुन २०८१, १० : ४५

प्रतिक्रिया