काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले जम्मा १०० कित्ता संस्थापक सेयरको बिक्री खुलाएको छ ।
यो सेयर जो कोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले ७ दिनभित्र आवश्यक कागजातसहित आफूले खरिद गर्ने सेयर संख्या खुलाई बैंकको केन्द्रीय कार्यालय भरतपुर–१० चितवनमा आवेदन दिनुपर्नेछ ।
बैंकले यसअघि नै संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याइसकेको छ ।
प्रतिक्रिया