काठमाडौं - वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको पियोर इनर्जी लिमिटेडको आइपीओमा ११ करोड ५८ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीको आइपीओमा ८.०४ गुणा बढी आवेदन परेको सीडीएसले जनाएको छ । पियोर इनर्जीमा बिहीबारसम्ममा ५१ हजार ५५४ जनाले ११ लाख ५८ हजार ७२० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाउको छ ।
पियोरले फागुन २० गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ता सम्मका चैत ५ गतेसम्म आवेदन दिन सकिने छ ।
प्रतिक्रिया