काठमाडौं - निर्माण युनिटले चैत २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘कर्मा’को होलीको अवसर पारेर फिल्मका कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ ।
सार्वजनिक पोस्टरमा मुकुन तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका छन् । कोट र टाइमा देखिएका उनी एंग्री लुक्समा छन् । ‘कर्मा’ सौरभ चौधरीले निर्देशन गरेका हुन् । दाङ र काठमाडौँमा छायांकन भएको फिल्म एक्सन जनरामा निर्माण भएको हो । फिल्ममा अभिनेता विपिन कार्की पनि एक्सन अवतारमा छन् ।
विपिन र मुकुनको अलवा उपासना सिंह ठकुरी, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । एक्सन ड्रामा जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।
‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज फिल्मले लिएको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।
प्रतिक्रिया