सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

शुक्रबार, ०१ चैत्र २०८१, १० : १४

काठमाडौं - सप्तकोशी डेभलपमेन्ट बैंकले १० हजार ९८२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ ।

बैंकले यसअघि संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको सेयर संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि सो सेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । 

बैंकले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ६५५ रुपैयाँ निर्धारण गरेको छ। सेयर किन्न इच्छुकले चैत १४ गतेभित्र विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।
 

शुक्रबार, ०१ चैत्र २०८१, १० : १४

प्रतिक्रिया