काठमाडौं - स्वरोजगार लघुवित्तको एफपीओ आज शुक्रवार बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।
कम्पनीको एफपीओमा १८ लाख ८२ हजार ४२२ जना आवेदकहरुले २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन ११९.८५ गुणा बढी हो । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ।
जसमा १९ हजार ५७७ जनाले मात्र शेयर हात पारेका छन्। बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली भएको छ । सोमध्ये भाग्यमानी ३ जनाले भने थप एक कित्ता अर्थात् कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
यसरी हेर्नूहोस् नतिजा:
१. बिक्री प्रबन्धकको वेबसाइट : https://www.nmbcl.com.np/
२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login
३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/
प्रतिक्रिया