काठमाडौं - दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।
फिल्ममा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्व मिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला फिल्म महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको फिल्मले नेपालमा भने राम्रो शो पाउन सकेको छैन । सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ ले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।
फिल्मको निर्माणमा निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।
प्रतिक्रिया