झम्सीखेल गार्डेन रिफ्रेसमेन्टमा होली विशेष कार्यक्रम सम्पन्न

शुक्रबार, ०१ चैत्र २०८१, १३ : ३२

काठमाडौं - फागु पूर्णीमा २०८१ को अवसरमा झम्सीखेल गार्डेन रिफ्रेसमेन्ट रेस्टुरेन्ट(नेवाः तुच्चा क्यव) को आयोजनामा होली विशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुरको ज्ञानोदय पुस्तकालय मार्गमा अवस्थीत रेष्टुरेण्टमा चर्चित कलाकारहरूको प्रस्तुतिकाबीच कार्यक्रम सम्पन्न भएको भएको सो कार्यक्रमलाई जनता टेलिभिजन एच.डी मार्फत प्रत्यक्ष प्रसारण भएको थियो ।

कार्यक्रममा वरिष्ठ कलाकार कृष्ण भक्त महर्जनले दर्शकहरूलाई व्यङ्ग्यात्मक नृत्य गरी भरपुर मनोरञ्जन प्रदान गरेका थिए भने कलाकार एन्जी तामाङले पनि आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन । साहित्यकार सुरेन्द्र महर्जनले नेपाल भाषामा कविता तथा गजल वाचन गरी मनोरञ्जन प्रदान गरेका थिए ।

त्यसैगरी गायक राजेन्द्र डंगोल,राजेन्द्र श्रेष्ठ,सचिन श्रेष्ठ,शैलेन्द्र तुलाधर, मिठाराम के।सी (क्षेत्री) तथा देउडा गायक तेजबहादुर हमालले विभिन्न गीत गायर मनोरञ्जन प्रदान गरेका थिए ।

झम्सीखेल गार्डेन रिफ्रेसमेन्ट रेस्टुरेन्ट(नेवाः तुच्चा क्यव) का सञ्चालक अध्यक्ष रोशन रत्न शाक्यले होली मात्र होइन हरेक चाडपर्वको अवसरमा यस खालका कार्यक्रम आयोजना गर्ने जानकारी दिएका छन् ।
 

शुक्रबार, ०१ चैत्र २०८१, १३ : ३२

प्रतिक्रिया