सिडिएससिका सेवाहरूमा समस्या, केही समयका लागि सेवा अवरुद्ध हुने

शुक्रबार, ०१ चैत्र २०८१, १६ : ००

काठमाडौं - सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससि)ले आज ३:३० बजेपछि आफ्नो एक सर्भरमा प्राविधिक समस्या देखिएपछि मेमोरी रिप्लेसमेन्ट कार्य सुरु गर्ने जनाएको छ। 

त्यसैले सिडिएससिका शेयर, सि-आस्बा, सि-केवाईसी लगायतका विभिन्न सेवाहरू केही समयका लागि अवरुद्ध हुनेछन्।  सिडिएसले जारी गरेको सूचनामा उल्लेख गरिएको छ कि, मेमोरी रिप्लेसमेन्ट कार्यको कारण सेवामा आएको विघ्नलाई व्यवस्थापन गर्नका लागि प्राविधिक टोली कार्यरत हुनेछ ।

सेवामा भएको विघ्नको लागि सिडिएसले आफ्ना ग्राहकहरूबाट सहकार्य र माफी पनि मागेको छ। सेवाहरू पुनः सामान्य अवस्थामा फर्केपछि ग्राहकलाई थप जानकारी उपलब्ध गराइने सिडिएसले जनाएको छ ।
cds

शुक्रबार, ०१ चैत्र २०८१, १६ : ००

प्रतिक्रिया