काठमाडौं- यस साता नेप्से परिसूचक ८१.९५ अंकले घटेर २७३६.४८ विन्दुमा पुगेको छ । गत साता २८१८.४३ विन्दुमा बन्द भएको नेप्से यो साता ८१.९५ अंकले घटेर २७३६.४८ विन्दु पुगेको हो।
साताको पहिलो दिन आइतबार नेप्से ४६.३३ अंकले घट्यो, सोमबार २०.६८ अंकले घट्यो, मंगलबार ३२.२१अंकले घट्यो, बुधबार १७.२८ अंकले बढ्यो र यस साता चार कारोबार दिनमध्ये बुधबार मात्र नेप्से बढ्यो भने बाँकी दिन घटेको थियो ।
यो साता औसतमा ८ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १० अर्ब ९ करोड ३६ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भयो । सोमबार ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार, मंगलबार अर्ब ३९ करोड ११ लाख ४९ हजार र बुधबार ८ अर्ब २३ करोड ५२ लाख बराबरको कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से ४६.३३ अंकले घटेर २७७२.१० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९ करोड ३६ लाख ३४ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से ३२.२१ अंकले घटेर २७१९.२० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०३ कम्पनीको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको चौथो अर्थात् अन्तिम कारोबार दिन नेप्से १७.२८ अकंले बढेर २७३६.४८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२३ कम्पनीको २ करोड २९ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २३ करोड ५२ लाख रुपैयाँको कारोबार भएको थियो ।
प्रतिक्रिया