काठमाडौं- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि पाँच जना संक्षिप्त सूचीमा परेका छन् । नेप्सेको सीईओ पदका लागि आवेदन परेका १० जनामध्ये पाँच जनालाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको हो ।
सिइओ सिफारिस समितिका अनुसार चूडामणि चापागाईँ, नारद कुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल संक्षिप्त सूचीमा परेका हुन् । उनीहरूलाई बुधवार बिहान ७ बजे कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ ।
प्रतिक्रिया