काठमाडौं - साताको पहिलाृे कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.५१ अंकले घटेको छ ।
यससँगै सूचक २७३५.९७ विन्दुमा कायम भएको छ । आइतबार ९६ लाख ९० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको १८ हजार ३ सय ३२ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ९० वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढ्दा २६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
प्रतिक्रिया