नेप्सेमा २१.६३ अकंको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

आइतबार, ०३ चैत्र २०८१, १५ : १२

काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६३ अकंले घटेर २७१४.८५ को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको  १ करोड ३९ लाख ७४ हजार  कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन बजारमा गिरावट आउदाँ  १२ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको सर्वाधिक २.२५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Screenshot_4-4

Capture

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको महालक्ष्मी विकास बैंकको ३७ करोड ३० लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । 

त्यस्तै आज घलेम्दी हाइड्रो लिमिटेडको ३४ करोड १६ लाख रुपैयाँ,  नेपाल रि इन्स्योरेन्सको ३४ करोड १६ लाख रुपैयाँ र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको २६ करोड २० लाख रुपैयाँको कारोबार भएको हो ।

Capture
 

आइतबार, ०३ चैत्र २०८१, १५ : १२

प्रतिक्रिया