ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा कति पर्‍यो आवेदन

सोमबार, ०४ चैत्र २०८१, १० : २६

काठमाडौं - ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा आज अन्तिम दिन चैत ३ गते आइतबार साँझसम्ममा १९ लाख ८५ हजार ६६३ जना आवेदकहरूले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा १६।०२ गुणा बढी हो ।

कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
 

सोमबार, ०४ चैत्र २०८१, १० : २६

प्रतिक्रिया