नेप्सेमा १०.१४ अकंको गिरावट, कारोबार रकम पनि घट्यो

सोमबार, ०४ चैत्र २०८१, १५ : ११

काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१४ अकंले घटेर २७०४.७ को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३३१  कम्पनीको ९९ लाख ३५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा आठ उपसूचक राताम्मै भएको छ ।

यस दिन महालक्ष्मी विकास बैंकको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ५.५३ प्रतिशतले घटेको हो । त्यसैगरी घलेम्दी हाइड्रोको ४.५८ प्रतिशत, विशाल बजार कम्पनीको ३.७३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

share-today-1

Capture

यी कम्पनीको भयो सर्वाधिक कारोबार
यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४३ करोड ९३ लाख ६८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको ३० करोड ७४ लाख ४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख ५६ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ५९ लाख ७५ हजार रुपैयाँ, सिइडिबी होल्डिङको १८ करोड ३३ हजार रुपैयाँको कारोबार भएको हो ।

Capture.JPG1_-5

सोमबार, ०४ चैत्र २०८१, १५ : ११

प्रतिक्रिया