क्रेस्ट माइक्रो लाइफको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

मंगलबार, ०५ चैत्र २०८१, ०९ : ५१

काठमाडौं - क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बिहान साढे ८ बजे कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो। 

कम्पनीले गत फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल १८ लाख ४५ हजार कित्ता शेयर बिक्री खुला गरेको थियो। यो आइपीओमा १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयर खरिदका लागि आवेदन गरेका थिए।

जसमध्ये १० हजार १२६ आवेदक परेको १ लाख ५४ हजार ८८० कित्ता बदर भएको छ भने बाँकी १९ लाख ५५ हजार ६८५ आवेदकबाट परेको २ करोड २५ लाख ८४ हजार ७७० कित्ता सदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण क्रेस्ट माइक्रो लाइफको आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। सदर आवेदकमध्ये १७ लाख ७१ हजार १८५ आवेदकको हात खाली भएको छ।

यसरी हेर्नूहोस् नतिजा
१) बिक्री प्रबन्धकको वेबसाइट: https://www.nmbcl.com.np/
२. मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login
३. सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/

मंगलबार, ०५ चैत्र २०८१, ०९ : ५१

प्रतिक्रिया