कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

मंगलबार, ०५ चैत्र २०८१, ०९ : ५७

काठमाडौं - कुमारी बैंक लिमिटेडले ४ लाख ८७ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

जसमध्ये २ लाख कित्ता सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र र बाँकी २ लाख ८७ हजार १२ कित्ता सेयर सर्वसाधारणले मात्र खरिद गर्न सक्नेछन्। सेयर खरिद गर्न इच्छुकले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जानकारी दिएको छ। बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।


 

मंगलबार, ०५ चैत्र २०८१, ०९ : ५७

प्रतिक्रिया