आइजीआई प्रुडेन्सियलको ८० हजार कित्ता सेयर बिक्रीमा

मंगलबार, ०५ चैत्र २०८१, १० : ११

काठमाडौं - आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले ८० हजार कित्ता संस्थापक सेयर लिलाम मार्फत बिक्रीमा राखेको छ। कम्पनीले यी सेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ। यसमा आज चैत ४ गतेदेखि चैत १२ गतेसम्म मात्रै बोलपत्र पेस गर्न सकिनेछ। यस्तो बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्राप्त शिलबन्दी बोलपत्रहरू चैत १३ गते बिहान ११ बजे प्रभु क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जानकारी दिएको छ।

igi-prudential-share-1366x2048
 

मंगलबार, ०५ चैत्र २०८१, १० : ११

प्रतिक्रिया