काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेसले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति पाएको हो। प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने गर्ने कम्पनीले जनाएको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्ने भएको छ।
प्रतिक्रिया