फिल्म ‘खेल’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक

मंगलबार, ०५ चैत्र २०८१, १२ : ३५

काठमाडौं - फिल्म ‘खेल’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका कलाकार सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य,  समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा लगायत अटाएका छन् ।

‘खेल’को शीर्षक पनि फरक शैलीमा डिजाइन गरिएको छ । अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेको फिल्म नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित छ । 

अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका ४ साथीहरूको कथा फिल्मले देखाउनेछ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ । यसमा किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्री लगायतका कलाकारको समेत अभिनय छ ।

सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका लुइसराज महर्जन र आशिषराज महर्जन निर्माता हुन् भने  सह–निर्माता कुणानराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । फिल्मको वितरण डिसिएनले गर्नेछ ।
 

मंगलबार, ०५ चैत्र २०८१, १२ : ३५

प्रतिक्रिया