प्रतिकित्ता एक सयमै सिटिजन्स बैंकको ४० हजार कित्ता सेयर बिक्रीमा

मंगलबार, ०५ चैत्र २०८१, १३ : ०४

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको संस्थापक सेयर बिक्रीमा राखेको छ।

कम्पनीले ४० हजार कित्ता सेयर सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो ।उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। 

सेयर खरिद गर्न इच्छुक तथा योग्य लगानीकर्ताले आगामी ७ दिनभित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
 

मंगलबार, ०५ चैत्र २०८१, १३ : ०४

प्रतिक्रिया