नेप्सेमा ७.६६ अकंको गिरावट, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

मंगलबार, ०५ चैत्र २०८१, १५ : १०

काठमाडौं - साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७।६६ अकंले घटेर २६९७।०४को विन्दुमा कायम भएको हो । 

यस दिन नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको ८२ लाख ३७ हजार ९०२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ । 

यस दिन सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको हो । त्यसैगरी राप्ती हाइड्रोको ७.७२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

ss

4e3t

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ११ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको घलेम्दी हाइड्रोको २२ करोड ७२ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको १८ करोड ३ लाख ९० हजार रुपैंया, लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी)नेपालको १६ करोड ७५ लाख १७ हजार रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकको १३ करोड ७८ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।

wef

मंगलबार, ०५ चैत्र २०८१, १५ : १०

प्रतिक्रिया