नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बुधबार, ०६ चैत्र २०८१, १० : ११

काठमाडौं - आज चैत ६ गते, बुधवार, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली चैत ७ गते बुकक्लोज गर्दैछ।

यसर्थ आजसम्म कायम शेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोही प्रस्ताव पारित गर्न चैत १९ गते, मंगलबार, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा ७६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।
 

बुधबार, ०६ चैत्र २०८१, १० : ११

प्रतिक्रिया