प्रोग्रेशिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा

बुधबार, ०६ चैत्र २०८१, १० : १५

काठमाडौं - प्रोग्रेशिभ फाइनान्स लिमिटेडले १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। 

कम्पनीले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र कम्पनीको सञ्चालक समितिमा निवेदन पेस गर्नु पर्नेछ।

तोकिएको समयसीमा भित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।
 

बुधबार, ०६ चैत्र २०८१, १० : १५

प्रतिक्रिया