पाँच वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकको आग्रह

बुधबार, ०६ चैत्र २०८१, १० : २२

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको छ।

बैंकले आर्थिक वर्ष २०७५\७६ को नगद लाभांश केही सेयरधनीहरूले हालसम्म पनि नलिएकाले आगामी ३५ दिन भित्र डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश लिन आग्रह गरेको छ।

तोकिएको समयसीमा भित्र पनि सेयरधनीले लाभांश नलिएमा सम्बन्धित सेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जानकारी दिएको छ।

citizen-bank

बुधबार, ०६ चैत्र २०८१, १० : २२

प्रतिक्रिया