प्रि ओपन सेसनमा २.२२अंकले बढ्यो नेप्से

बुधबार, ०६ चैत्र २०८१, ११ : १८

काठमाडौं - साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२२अंकले बढेको छ । 

यससँगै सूचक २६९९.२६ विन्दुमा कायम भएको छ । बुधवार २ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको ३० हजार ३ सय ८० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । 


 

बुधबार, ०६ चैत्र २०८१, ११ : १८

प्रतिक्रिया