गायिका रचना रिमालको स्वर रहेको गीत ‘जुनी जुनी’ सार्वजनिक

बुधबार, ०६ चैत्र २०८१, १२ : ३६

काठमाडौं - गायिका रचना रिमालको स्वर रहेको गीत ‘जुनी जुनी’ सार्वजनिक भएको छ । 

प्रेमपीडा झल्कने गीतमा दीपनराज शिवाकोटीको शब्द, सन्तोष सुनारको संगीत रहेको छ । गीतको भिडियोमा मोडलद्वय स्मारिका ढकाल र शिसन सिङ बलको अभिनय देख्न सकिन्छ । भिडियोमा स्मारिका र शिसनको प्रेम र वियोग देखाइएको छ । 

दिनेश बस्नेतको निर्देशन रहेको गीतमा विशाल थापाको छायांकन तथा विकाश दाहालको सम्पादन छ ।


 

बुधबार, ०६ चैत्र २०८१, १२ : ३६

प्रतिक्रिया