‘सक्किगोनि’ तेस्रो सिजनको उत्पादन र प्रसारण रोकिने

बुधबार, ०६ चैत्र २०८१, १३ : ५०

काठमाडौं- ‘सक्किगोनि’ टेलिसिरियलको तेस्रो सिजनको उत्पादन र प्रसारण रोकिने भएको छ । 

सिरियलका निर्देशक अर्जुन घिमिरेले तेस्रो सिजनका ९३ श्रृंखला उत्पादन, प्रसारणपछि परिष्कृत सिर्जनाको तयारीका लागि केही समय विश्राम लिएको जानकारी दिएका हुन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यसबाट प्राप्त गरेको ज्ञान, सिप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै ‘चौथो’ सिजन लिएर आउने प्रतिवद्धता प्रकट गर्दछौँ’, उनले लेखेका छन्, ‘हामीलाई विश्वास छ, यहाँहरूबाट निरन्तर प्रवाह भइरहेको सद्भाव, प्रेम र शुभेच्छामा कुनै कमी आउनेछैन ।’

उनले चौथो सिजनमा हामी कसरी आउनुपर्ला? भन्दै दर्शकसँग प्रतिक्रिया पनि मागेका छन्। 

‘कला सिर्जनामार्फत नेपाली सामाजिक रुपान्तरणका लागि समाज शास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र, प्रवृत्ति (व्यक्ति/ व्यक्तित्वका आचरण), पहिचान, संवेदनशीलता, भाइचारा, विविधताभित्रका मिठास जस्ता पक्षलाई कुन रुपमा उठाएको हेर्न चाहनुहुन्छ?यहाँहरूबाट प्राप्त हुने रचनात्मक एवं सिर्जनात्मक अपेक्षा र अनुभूतिप्रति सदैव ऋणी रहनेछौँ।’ 


 

बुधबार, ०६ चैत्र २०८१, १३ : ५०

प्रतिक्रिया