नुवाकोट- यहाँको ककनी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा(एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरष्कृत गर्ने भएको छ । बिहीबारदेखि सुरु हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गर्दै उत्तिर्ण विद्यार्थीको जिपीएको आधारमा नगद पुरस्कार दिने घोषणा गरेको हो ।
ककनी गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै ४ जिपीएसहित उत्तिर्ण हुने विद्यार्थीलाई १ लाख रुपैयाँ नगदसहित पुरस्कृत गर्ने जनाएको छ । गाउँपालिकाले ३.९ देखि ४ जिपीए ल्याउनेलाई ५० हजार रुपैयाँले पुरष्कृत गरिने र ३ं.८ देखि ३.९ सम्मका लागि २० हजार रुपैयाँले पुरस्कृत गर्ने भएको छ ।
यस्तै,३.७ देखि ३.८ जिपीए ल्याउनेलाई १५ हजार र ३.६ देखि ३.७ ल्याउनेलाई १० हजार रुपैयाँसहित पुरस्कृत गरिने ककनी गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया