काठमाडौं - साताको चौथो कारोबार दिन नेप्से १४.८८ अंकले घटेर २६८२.१५ को विन्दुमा कायम भएको हो ।
यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १० उपसूचक राताम्मै भएको छ ।
यस दिन सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ९.२० प्रतिशतले घटेको हो । त्यसैगरी हिमालयन पावर पार्टनरको ४.५२ प्रतिशतले सेयर मूल्य घटेको छ ।
सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २९ करोड ६७ लाख ३२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ४६ लाख १९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको १७ करोड १८ लाख ११ हजार रुपैंया, ग्रिन डेभलपमेन्ट बैंकको १५ करोड २० लाख ४६ हजार रुपैयाँ, हिमालयन पावर पार्टनरको १३ करोड ८३ लाख ९५ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया