नेप्सेमा नेपाल इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

बुधबार, ०६ चैत्र २०८१, १६ : ३४

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार नेपाल इन्स्योरेन्सको मूल्य समायोजन गरेको छ ।

नेप्सेले नेपाल इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८६५.३० रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधवारको अन्तिम कारोबार ९९५.१० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । 

सोही मूल्यको आधारमा भोली बिहीबार सेयर बजारमा कारोबार खुल्नेछ ।
 

बुधबार, ०६ चैत्र २०८१, १६ : ३४

प्रतिक्रिया