नयाँ टेलिसिरियल ‘बाचा’ सार्वजनिक

विहीबार, ०७ चैत्र २०८१, १० : ५५

काठमाडौं- राज न्यौपानेको कथा लेखनमा नयाँ टेलिसिरियल ‘बाचा’ सार्वजानिक भएको छ ।

१७ वर्षपछि कलाकारितामा फर्किएका राज स्ट्यान्डअप कमेडियनका रूपमा चिनिएका कलाकार हुन् । उनले विगतमा ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’ र ‘प्रहरी अनुरोध’ जस्ता सिरियलमा काम गरिसकेका छन्।

यस टेलिसिरियलमा नायक विनोद श्रेष्ठ, शितल केसी, अस्मिता बस्नेत, रामचन्द्र अधिकारी, कृष्ण केसी, नियुक्ति शेर्पा, सबिता थापालिया, गणेश खनाल, राज न्यौपाने, समिता रिजाल, दीपक सुनार, र कमला श्रेष्ठ (केसी) को अभिनय रहेको छ। कलाकार रोशनी सापकोटालाई  भाग २ बाट हेर्न सकिनेछ।

रामकृष्ण चौलागाईं र मन्दिप रानामगरले छायांकन गरेको यस सिरियललाई सुबाश देवकोटाले सम्पादन गरेका हुन्।

‘बाचा’का निर्देशक टेकेन्द्र कार्की हुन्। ‘जुनेली भाउजुु’, ‘सिताराम’, ‘चिना’, ‘नाम्लो’, ‘चुरिफुरि’लगायत सिरियल निर्देशन गरेका कार्कीको निर्देशनमा बनेको यो ९४औं सिरियल हो।

बाचा’को पहिलो भाग लाई ३ दिनमै १ लाख पल्ट हेरिएको छ र  दर्शकहरूबाट समेत सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

विहीबार, ०७ चैत्र २०८१, १० : ५५

प्रतिक्रिया