नेप्सेमा १२.३८ अंकको गिरावट, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

विहीबार, ०७ चैत्र २०८१, १५ : १३

काठमाडौं - साताको अन्तिम कारोबार दिन नेप्से १२.३८ अंकले घटेर २६६९.७६ को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको ९५ लाख ९९ हजार ३४३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड १३ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ ।आज बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ ।

यस दिन मिथिला लघुवित्त र भुयोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमा नकारात्मक सर्किट लाएको छ ।

Capture

सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २८ करोड २१ लाख २८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड १२ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन सिन्धु विकास बैंकको १६ करोड ६४ लाख ७१ हजार रुपैंया, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड २३ लाख ३५ हजार रुपैयाँ, घलेम्दी हाइड्रोको १३ करोड ६ लाख ५२ हजार रुपैयाँको कारोबार भएको हो ।

gtjk

विहीबार, ०७ चैत्र २०८१, १५ : १३

प्रतिक्रिया