काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा साना किसान विकास लघुवित्त, विन्ध्यावािसनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र लक्ष्मी सनराइज बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा साना किसान विकास लघुवित्तको १३.३० प्रतिशत बोनस बापतको ५० लाख ६२ हजार ४७७.१५२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, विन्ध्यावािसनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ७.६० प्रतिशत बोनस वापतको ७ लाख ९८ हजार कित्ता र
लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनस बापतको १ करोड १५ लाख ९३ हजार ५७७.२५ कित्ता गरी जम्मा १ करोड ७४ लाख ५४ हजार ५४.४०२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्रतिक्रिया