काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार सानिमा जिआइसी इन्स्योरेन्सको मूल्य समायोजन गरेको छ ।
नेप्सेले कम्पनीको ७.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६१७.९६ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ६६४.३१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
सोही मूल्यको आधारमा आगामी आइतबार सेयर बजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया