व्यवसायी एवं गायक विकास राणाको नयाँ गीत 'जाले माले रूमाल' सार्वजनिक (भिडियो)

विहीबार, ०७ चैत्र २०८१, २० : १२

काठमाडौं- उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास जंगबहादुर राणाको नयाँ गीत 'जाले माले रूमाल'को म्युजिक भिडियो सार्वजनिक भएको छ । केशवराज चौलागाईको शब्द तथा संगीत रहेको गीतलाई श्यामस्वेत रसाइलीले एरेन्ज गरेका हुन् ।

लोकपपको रोमान्टिक भर्सनमा तयार पारिएको गीतमा सोल्टा र सोल्टिनी बिचको मायाप्रेमको भावलाई प्रस्तुत गरिएको छ । चर्चित मोडेल अन्जली अधिकारी र सुनिल क्षेत्रीको अभिनय रहेको गीतमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र अमृत चापागाईको सम्पादन रहेको छ । भिडियोलाइ सुनिल क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् ।

भिडियोलाई विकास राणा अफिसियल ( Bikash Rana Official) मार्फत सार्वजनिक गरिएको हो। उड्डयन क्षेत्रमा सुपरिचित राणा गायनमा पनि त्यतिकै सफल बनिरहेका छन् । उनको यसअघि दर्जनौं गीत सार्वजनिक भैसकेका छन् ।

 

विहीबार, ०७ चैत्र २०८१, २० : १२

प्रतिक्रिया